पाठ्यक्रम विकास केन्द्रको जरुरी सूचना
3 views
कीर्तिपुर, १९ श्रावण
मिति २०७८ श्रावण १३ गते मंगलवारदेखि त्रिवि शिक्षाध्यक्षको कार्यालयको मूल गेटमा भएको तालाबन्दीका कारण सेवा प्रवाह बन्द भएकोमा सम्बन्धित पक्षसंगको शान्तिपूर्ण वार्तामा भएको सहमतिपश्चात मिति २०७८ श्रावण १८ गते सोमवारका दिन साँझदेखि सो तालाबन्दी खुल्ला भएको हुँदा मिति २०७८ श्रावण १९ गते मंगलवारदेखि यस त्रिवि पाठ्यक्रम विकास केन्द्र, कीर्तिपुरमा दैनिक प्रवाह हुने सेवा समेत नियमित रुपमा सूचारु रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।