Frequently Asked Questions
प्रश्न नं.४ समकक्षताको उपाधिका लागि नयाँ विश्वविद्यालय वा शैक्षिक संस्था र नयाँ विषयको आवेदन प्रक्रिया गर्दा के के कागजातहरु कार्यालयमा पेश गर्नुपर्छ?
प्रश्न नं.५: समकक्षताको लागि आवश्यक कागजात कसरी मिलाएर राख्ने? अनलाइनबाट कसरी अपलोड गर्ने ?
उत्तरः तपाईंको सम्पूर्ण आवश्यक कागजात स्क्यान गर्ने र सबै सिलसिलेवार बनाई पिडिएफ फायल तयार पार्ने । कागजात समावेश गर्दा सर्बप्रथम आफुले समकक्षता लिन चाहेको तहको कागजात राख्ने, त्यसपछि तल्लो तहको कागजात राख्ने, त्यसपछि अन्य कागजातलाई अन्तिममा राखेर पिडिएफ फायल बनाउनुहोस् । तपाईंले पेश गर्नुपर्ने सम्पूर्ण कागजातको अपलोड गर्नुपहिले नै एउटै पिडिएफ फायल बनाउनु पर्नेछ ।
ख्याल गर्नुहोलाः फोटोकपीबाट स्क्यान गरिएको कागजात अस्पष्ट भएमा मान्य हुँदैन । त्यसैले सक्कलै प्रमाणपत्रहरु एवम् कागजात स्क्यान गरेर अपलोड गर्नुपर्छ । कुनै पनि कागजातहरु नोटरी पब्लिकबाट प्रमाणित गराई रहनु पर्दैन । सक्कल बमोजिम नक्कल ठिक छ भनेर लेख्नु पनि पर्दैन ।
प्रश्न नं. १ः समकक्षता कति किसिमले प्रदान गरिन्छ?
उत्तरः हालसम्म यस केन्द्रबाट निम्न अनुसार नियमित तथा प्रक्रियागत गरी दुई किसिमले समकक्षता प्रदान गर्दै आएको छः
नियमित समकक्षताः
विगतमा यस केन्द्रबाट समकक्षता प्रदान गरिसकेको सम्बन्धित विश्वविद्यालय र शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा रु. १०००/– (अक्षरेपी एक हजार मात्र) लिएर समकक्षताको पत्र प्रदान गरिनेछ ।
प्रक्रियागत समकक्षताः
विगतमा यस केन्द्रबाट समकक्षता प्रदान नगरेका विश्वविद्यालय र शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा रु. ४०००/– (अक्षरेपी चार हजार मात्र) आवेदन शुल्क तिरेर पेश भएको आवेदन र तोकेबमोजिमका कागजात बुझी रायका लागि सम्बन्धित डीनको कार्यालयमा पठाइने र सम्बन्धित डीनको कार्यालयबाट प्राप्त सकारात्मक रायसहितको प्रस्ताव उपाधि मान्यता तथा समकक्षता निर्धारण समितिको बैठकमा निर्णय गरी समकक्षता प्रदान गरिनेछ ।
प्रश्न नं.३ समकक्षताको उपाधि प्रमाणपत्र कति समयमा प्राप्त गर्न सकिन्छ?
उत्तरः नियमित समकक्षताको लागि आवेदन पेश गरेको हकमा सम्पूर्ण कागजात पुरा भएको खण्डमा तीन कार्य दिनभित्र समकक्षताको पत्र प्राप्त गर्न सक्नुहुनेछ । प्रक्रियागत रुपमा निर्णय गर्नु पर्ने आवेदनको हकमा सम्बन्धित डीन कार्यालयबाट राय प्राप्त भई उपाधि मान्यता तथा समकक्षता निर्धारण समितिबाट निर्णय भएपछि समकक्षता पत्र प्राप्त हुनेछ । यसको लागि झन्डै एक महिनाको अवधि लाग्नेछ तर आवेदन फारम र कागजातहरु कार्यालयमा ल्याई पेश गरेको समयमा समकक्षताको लागि निवेदन पेश भएको र उक्त निवेदन प्रक्रियामा रहेको भनी सेवाग्राहीलाई लिखित रुपमा पत्र उपलब्ध गराईनेछ ।
प्रश्न नं.२: विश्वविद्यालय स्तरको शैक्षिक उपाधिको समकक्षता लिन के के चाहिन्छ?
प्रश्न नं. ६: आवेदन पेश भएपछि समकक्षताको प्रमाणपत्र कसरी प्राप्त गर्न सकिन्छ?
उत्तरः प्रमाणपत्र प्राप्त गर्न कार्यालय समयमा आफ्नो परिचय पत्रका साथ सम्पर्क राख्नुपर्दछ ।
प्रश्न नं. ८: यो आवेदन फारम भर्दा कुनै समस्या आयो भने कसरी सम्पर्क गर्न सकिन्छ?
उत्तरः तपाईंलाई कुनै पनि समस्या भयो भने तपाईले helpdesk.cdc@tu.edu.np मा इमेल गरी जानकारी प्राप्त गर्न सक्नुहुनेछ । हामी तपाईको समस्याबारे छलफल गरेर इमेलमार्फत नै जवाफ दिनेछौं । वर्तमान परिस्थितिका कारण तपाईंलाई कार्यालयमा प्राविधिक जानकारी गराउन असमर्थ छौं ।
प्रश्न ९: M.Phil. तथा Ph.D. (पीएच.डी. ) पुरा गरेका सेवाग्राहीहरुले थप के कस्ता कागजात बुझाउनु पर्ने हुन्छ?
क) M.Phil. तथा Ph.D. गरेकाहरुले बुझाउनु पर्ने थप कागजातहरु:
भर्ना सम्बन्धी: भर्ना रसिद, रजिष्ट्रेशन स्लीप, मासिक शुल्क तिरेको रसिद
शोध कार्य सम्बन्धी: भारतस्थित विश्वविद्य्रालयको हकमा कम्तीमा तीन पल्ट गाइडसंग सम्पर्क गरेको लिखित प्रगती विवरणको प्रमाण, शोध प्रस्ताव Defence/प्रतिरक्षा गरेको प्रमाण र स्वीकृति भएको प्रमाण, आफ्ले यात्रा गरेको साधनको टिकट
निर्देशक सम्बन्धी जानकारी: मुल निर्देशक वा सहायक निर्देशक नेपाली नै भए नीजलाई सो विश्वविद्यालयले नियुक्ति गरेको पत्रको छायाँ प्रति; सम्बन्धित निर्देशक वा सहनिर्देशकले आफुसम्बद्ध डीन कार्यालयबाट अनुमति लिएको पत्रको छांयाप्रति ; सम्बन्धित निर्देशक वा सहनिर्देशकले Ph.D. गरेको प्रमाण
Viva सम्बन्धी प्रमाणहरु: Ph.D. को Viva तोकिएको पत्रको छायांप्रति; Viva लिने वाह्य परिक्षकको नाम र ठेगाना तोकिएको पत्र; Viva मा शोध निर्देशकको उपस्थिति भएको प्रमाण; Thesis को सम्बन्धित विश्वविद्यालयबाट प्रमाणित प्रतिलिपी
नोटः भारत बाहेक अन्य मुलुकबाट विद्यावारिधि उपाधि हासिल गर्नेहरुले विश्वविद्यालयमै बसी अनुसन्धान गरेको प्रमाण, राहदानी तथा प्रवेशाज्ञा (भिसा) लगायतका प्रमाणहरु पेश गर्नुपर्ने
प्रश्न नं. १०: यो वेवसाइटमा समकक्षताको आवेदन फारम अनलाइनमार्फत पेश गर्न सकिने व्यवस्था पाठ्यक्रम विकास केन्द्रले कहिलेदेखि लागु गरेको हो?
उत्तरः मिति २०७८ आषाढ २० गते आइतवार देखि ।
प्रश्न नंः ११ इन्ट्रि योग्यता (Entry Requirement) भनेको के हो?
उत्तरः स्नातक तहको समकक्षताको लागि इन्ट्रि योग्यता (Entry Requirement) को रुपमा प्लस.टु. तहको प्रमाणपत्रहरु अनिवार्य गरिएको छ । स्नातकोत्तर डिग्रिको समकक्षताको लागि स्नातक तहको प्रमाणपत्रहरुलाई इन्ट्रि योग्यताको रुपमा राख्नुपर्छ । एम.फिल. र पिएच.डी. को समकक्षताको आवेदन दिँदा स्नातकोत्तर तहको प्रमाणपत्रहरु इन्ट्रि योग्यताको रुपमा राख्नुपर्छ । मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन र शिक्षाशास्त्र संकायहरुमा स्नातक तह अध्ययन पुरा गर्ने विद्यार्थीहरुले समकक्षता प्राप्त गर्नको लागि कम्तिमा एक सय पूर्णांकको अंग्रेजी विषय अनिवार्य रुपमा पास गरेको हुनुपर्नेछ ।
प्रश्न नं. १५ः तपाईंले अनलाइनमा इमेल र पासवर्ड रजिष्ट्रेशन गरेपछि लग इन गर्न लिँक कहाँ आउँछ?
प्रश्न नं. १५ः तपाईंले अनलाइनमा इमेल र पासवर्ड रजिष्ट्रेशन गरेपछि लग इन गर्न लिँक कहाँ आउँछ?
प्रश्न नं.१२ः एस. एल.सी. को प्रमाण पत्रहरु राख्नु पर्छ की पर्दैन?
उत्तरः स्नातक तह, स्नातकोत्तर तह, एम.फिल. र पिएच.डीको समकक्षताको लागि एसएलसीको प्रमाणपत्रहरु राख्नुपर्दैन । तपाईंको कागजातहरु ५ एम.बि.सम्मको एउटै पिडिएफ फायलमा अपलोड गर्नुपर्ने हुँदा नचाहिने तल्लो तहको कागजात राख्नु आवश्यक छैन । कसैको धेरै पहिलेको पुरानो डिग्रि आइ.ए., आईं.एड., आई.एस्सी. वा आईं कम आदि (उच्च माध्यमिक शिक्षा शुरु हुनुभन्दा अगाडिको) को प्रमाणपत्रहरु समकक्षता लिनु पर्ने भएमा मात्र एस.एल.सी.को प्रमाणपत्रहरु इन्ट्रि योग्यताको रुपमा राख्नु पर्छ । अन्यथा प्लस टु अध्ययन गरेर स्नातक पढेका विद्यार्थीहरुले एलएलसीको प्रमाणपत्रहरु राख्न आवश्यक छैन ।
प्रश्न नं.१३ः Equivalent degree award You want भनेको ठाउँमा के लेख्नेहोला?
उत्तरः Equivalent degree award You want भनेको ठाउँमा आफुले जे डिग्रि हासिल गरेको हो, त्यहि लेख्नु भएमा हुन्छ । जस्तै ः बि.एस्सी नर्सिङ को समकक्षता माग गर्नुृभएको हो भने भनेको ठाउँमा B.Sc. Nursing नै लेख्नु भए हुन्छ ।
प्रश्न नं. ७ आवेदन फारम भरिसकेपछि आवेदन दस्तुर कसरी तिर्नुपर्छ?
उत्तरः आवेदन फारमको सफ्टवेयरले नै तपाईंले कति रकम तिर्नुपर्ने भनेर देखाउनेछ । त्यहि अनुसार तपार्इंले अनलाइनमार्फत दस्तुर तिर्नुपर्ने हुन्छ । प्रोफायलमा विवरण भरिसकेर कागजात पिडिएफ फायलमा अपलोड गरिसकेपछि तपाईंको आवेदन Send गर्नुहोस् र अर्को तेस्रो ट्याबमा अनलाइनबाट दस्तुर आवेदन शुल्क तिर्नुहोस् । अनलाइनबाट शुल्क तिर्न तपाईंले इसेवा र खल्तीको लोगो देख्नु हुनेछ । त्यसमा क्लिक गरेर तपाईंलाई सिस्टमले देखाएको आवेदन दस्तुर तिर्नुहोस् । तपाईंले शुल्क तिरिसकेपछि फिर्ता नहुने हुँदा शुल्कबारे आफु सुनिश्चित भएर मात्र तिर्नुहोला । सेवाग्राहीले आवेदनबापत तिरिसकेको शुल्क रकम फिर्ता हुनेछैन ।
प्रश्न नं. १४ उच्च शिक्षा ( +2 Level ) तथा CTEVT को समकक्षताको लागि के गर्ने ?
उत्तरः यसका लागि सानोठिमी भक्तपुर जाने र त्यहाँ दिइएको निर्देशन अनुसार DOCUMENTS पेस गरेर समकक्षता लिन सकिन्छ ।